शुक्रबार, पुष ४, २०८२

काठमाडौंको मित्रनगरबाट सालकको खपेटासहित एक पक्राउ

नेपालखोज २०७७ पुष १ गते १४:३३

काठमाडौं । काठमाडौंको मित्रनगरबाट सालकको खपेटा र अस्थिपञ्जरसहित एक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले धादिङका २७ वर्षीय सुवास भन्ने सुजन तामाङलाई पक्राउ गरेको हो ।

परिसरले मित्रनगर क्षेत्रमा दुर्लभ वन्यजन्तु सालक बेचविखन भइरहेको भन्ने सूचना पाएको थियो ।

त्यसपछि परिसरबाट खटिएको विशेष टोलीले सुवासलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

उनीबाट प्रहरीले तीन फिट ६ इन्च लामो र दुई केजी ३०० ग्राम भएको सालकको खपेटा र अस्थिपञ्जर बरामद गरेको हो । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई जिल्ला वन कार्यालय काठमाडौं पठाएको छ ।

प्रतिक्रिया