शुक्रबार, पुष ४, २०८२

तास खेलिरहेको अवस्थामा सात जना पक्राउ

नेपालखोज २०७७ पुष १ गते १४:४७

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ९ न्युकोलोनी बस्ने मिरा राईको घरमा तास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने ६८ वर्षीय राम बन्जारा लगायत सात जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने खबरका आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ५५ हजार चार सय ३० नगद सहित तीन बुक तास पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया