बुधबार, असार १८, २०८२

स्टप ग्य्राबको एन्ड्रोइड तथा आइओएस प्लेटफार्ममा एप्स सार्वजनिक

नेपालखोज २०७७ पुष १ गते १५:०३

काठमाडौं । स्टप ग्य्राबले आजदेखि एन्ड्रोइड तथा आइओएस प्लेटफार्ममा आफ्नो एप्स सार्वजनिक गरेको छ ।

उक्त एप्समार्फत ग्राहकले ५०० भन्दा बढी बिक्रेताबाट सुर्व सुलभरुपमा सामान खरिद गर्न सक्ने छन् । यसबाट विभिन्न लत्ता कपडा, घर सजावटका सामग्री, ग्रोसरी, कस्मेटिक तथा विभिन्न भेराइटीका गुणस्तरीय सामग्रीहरु खरिद गर्न सक्ने छन् ।

यो एप्स सार्वजनिक गरेको उपलक्ष्यमा स्टप ग्य्राबले मिति डिसेम्बर २४, २०२० सम्म डाउनलोड र रजिष्टर गर्ने ग्राहकहरु मध्ये एक भाग्यसाली ग्राहकलाई आइफोन– १२ पुरस्कार दिने घोषणा गरेका छ ।

साथै डिसेम्बर २४, २०२० देखि जनवरी १, २०२१ सम्म विभिन्न बैंकहरुको डेविट तथा क्रडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म क्यास व्याक तथा क्यास खरिदमा ८० प्रतिशत सम्मको छुट पाइनेछ ।

प्रतिक्रिया