बेलायतमा करिब साढे १ लाखले लगाए कोरोना विरुद्धको खोप
नेपालखोज
२०७७ पुष २ गते ८:२६
काठमाडाैं । बेलायतमा एक हप्ताको अवधिमा १ लाख ३७ हजारभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

बेलायतमा गत हप्ताको मंगलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाएर कोरोना विरुद्धको खोप अभियान शुरु गरिएको हो ।
प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको खोप कार्यक्रम उत्साहजनक रूपमा अगाडि बढिरहेको बताउँदै यसलाई राम्रो शुरुआतको रूपमा लिन आग्रह गरेका छन् ।
बेलायतले फाइजर बायोएनटेकको खोप आपत्कालीन प्रयोगका लागि स्वीकृति दिए लगत्तै खोप कार्यक्रम शुरु गरिएको हो ।
बेलायतले चार करोड डोज खोप माग गरिसकेको छ । सो खोप बेलायतका दुई करोड मानिसलाई पुग्ने छ । खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनुपर्ने छ ।
सम्बन्धित








प्रतिक्रिया