पुस लागेसँगै ह्वात्तै बढ्यो चिसो, तापक्रम माइनसमा झर्यो
नेपालखोज
२०७७ पुष २ गते ८:३९
काठमाडाैं । जाेडाे महिना सुरूभएसँगै देशभरकै तापक्रम दिनहुँ घट्दाे क्रममा छ । पुस लागेसँगै देशभर चिसो ह्वात्तै बढेको छ । उच्च हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेको छ ।

आज काठमाडाैं तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । भने हिजो काठमाडाैंकाे तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो ।
अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ । जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको छ । हिजो जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ७ दशमलव १ डिग्रीमा झरेको थियो ।
सम्बन्धित








प्रतिक्रिया