शुक्रबार, पुष ४, २०८२

प्रतिताेला ४ सयले बढ्याे सुनकाे मूल्य

नेपालखोज २०७७ पुष २ गते १२:३५

काठमाडाैं । नेपाली बजारमा बिहीबार प्रतिलताेला ४ सयले सुनको मूल्य वृद्धि भएको छ ।

बुधबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन बिहीबार तोलामा ९३ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया