प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आवाहन
नेपालखोज
२०७७ पुष २ गते १६:२१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटिमा अध्यादेश फिर्ता लिन बुधबार सहमत भएका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्नुको साटो पुनः संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।
ओलीले बैठक राखेपछि सबै सदस्यहरुलाई बैठकमा निमन्त्रणा पुगेको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि साँझ ६ बजेको बैठकबारे जानकारी भएको कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिए । उनले बैठकको जानकारी आए पनि सहभागिता भने नजनाउने बताएका छन् ।
सम्बन्धित








प्रतिक्रिया