नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४० हजार नाघ्यो
नेपालखोज
२०७७ पुष २ गते १६:५६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ९४७ जना डिस्चार्ज भएसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९५.५ प्रतिशत हो।
त्यस्तै २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा १७ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबारसम्म पीसीआर गरिएका ६ हजार पाँच सय ८८ मध्ये ७७६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ५१ हजार ६ सय ९२ पुगेको छ । हालसम्म क्वारेन्टिनमा ४४४ जना छन् भने ९ हजार ५८० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया