बिहीबार, पुष ३, २०८२

संवैधानिक परिषद् बैठक स्थगित

नेपालखोज २०७७ पुष २ गते १७:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बालुवाटारमा बेलुकी ५ बजेका लागि बैठक आह्वान गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरको अध्यादेश फिर्ता नहुँदै बैठक बस्न नमिल्ने भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर आग्रह गरेपछि बैठक स्थगित भएको हो । अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर बैठक स्थगित गर्न आग्रह गरेर फर्किर त्यसपछि ओलीले बैठक स्थगित गरेको स्रोतले जनाएको छ ।

अध्यादेश फिर्ता नहुँदै सहमति उल्लङ्घन गर्दै ओलीले बैठक आह्वान गरेको भन्दै नेकपाका नेताहरू असन्तुष्ट बनेका छन् । ओली अध्यादेश फिर्ता गर्न तयार भए पनि अध्यादेश फिर्ता भने भइसकेको छैन् । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकले समेत अध्यादेश फिर्ता लिने निर्णय गरेको भएपनि अहिलेसम्म राष्ट्रपति कार्यालय शीतल निवासमा औपचारिक जानकारी गएको छैन् ।

प्रतिक्रिया