बिहीबार, पुष ३, २०८२

नेपाल र बंगलादेशबीच यूरिया मल ल्याउने सम्झौतामा हस्ताक्षर

नेपालखोज २०७७ पुष २ गते १८:१७

काठमाडौं । यूरिया मल आयात गर्न नेपाल सरकार र बंगलादेश सरकारबीच सम्झौता भएको छ । नेपालको कृषि समाग्री कम्पनी र बंगलादेशको बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनबीच नेपालले ५० हजार टन मल आयात गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सो परिमाणको दाना मल बल्क र कार्गो गरी २ तरिकाले ४ लटमा आयात हुनेछ । ब‌ंगलादेशको कर्नाफुली फर्टिलाइजर कम्पनीले उत्पादन गरेको हो । मल तीन महिनाभित्र आयात भइसक्ने उल्लेख छ ।

प्रतिक्रिया