मंगलबार, पुष १, २०८२

श्री राम सुगर मिल्सद्वारा किसानहरुको बक्यौता रकम भुक्तानी सुरु

नेपालखोज २०७७ पुष ३ गते १३:२२

काठमाडौं । श्री राम सुगर मिल्सले उखुु किसानहरुको बक्यौता रकमको भुक्तानी सुरु गरेको छ । कम्पनीले आज शुुक्रबार बिज्ञप्ती जारी गर्दे आजैका दिनदेखि भुक्तानी चालुु गरेको जानकारी दिएको छ ।


कम्पनीले बिज्ञप्ती जारी गर्दे भनेको छ, यस उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकमका सम्बन्धमा पटक पटक सम्बन्धित निकायहरुमा छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्ने तर्फ उद्योग व्यवधानका कारण उद्योगको मांग बमोजिक समस्या समाधान हुन नसकेको व्यहोरा हामी सबैमा अवगत नै छ ।

यस उद्योगको स्थापनाकाल देखि नै हाम्रा उखु उत्पादक किसानहरुको अत्याधिक सहयोग र साथ पाउँदा पाउँदै पनि विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गई परिस्थितिबस हाम्रा उखु किसानहरुलाई भुक्तानी गर्न बिलम्ब भई पर्न गएको पीर मर्का तथा दुःख प्रति पूनःक्षमाप्रार्थि छौं ।

यस उद्योगले भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भई सकेको र भुक्तानीका लागि कारखाना स्थलमा सूचना टांस गरी सकेको अवगत गराउदै उक्त सूचना मिति २०७७ पौष ३ गते शुक्रबार देखि भुक्तानी चालु गर्ने ब्यहोरा उल्लेख भएको सबैमा जानकारी गराउन चाहन्छौं, बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया