शुक्रबार, पुष ४, २०८२

सामाजिक सञ्जालबाट महिलालाई अश्लिल सन्देश पठाउने दुई जना पक्राउ

नेपालखोज २०७७ पुष ३ गते १६:३२

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई अश्लिल सन्देश, तस्बिर पठाई हैरानी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयको साईबर ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका ७ गल्फुटार बस्ने मोरङ विराटनगर उपमहानगरपालिका ३ का ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका ६ कल्याणपुर बस्ने ३५ वर्षीय थम बहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

सुमनलाई काठमाडौंबाट र थम बहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवन समेतको सहयोगमा बिहिबार पक्राउ गरिएको हो ।

सुमनले फेक इमेल बनाई महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने गरेको समेत अनुुसन्धानबाट खुुलेको प्रहरीले जनाएको छ । यि बाहेक ति युवकहरुले यौन उत्पीडन दिने, हैरानी गर्ने कार्य गरेको तथा थम बहादुरले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने एवम् हैरानी दिने कार्य गर्दे आएका थिए ।

पक्राउ परेका व्यक्तिहरुले विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान भइरहेको व्युरोले जानकारी दिएको छ ।

प्रतिक्रिया