कोरोना अपडेट : थप १०२९ जना संक्रमण मुक्त, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप एक हजार २९ जना कोरोना संक्रमण पछि निको भइ डिस्चार्ज भएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट आज थप एक हजार २९ जना डिस्चार्ज भएसँगै नेपालमा कुल संक्रमण मुक्त हुनेको संख्या दुई लाख ४१ हजार तीन सय ९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर गरिएका पाँच हजार सात सय ६ मध्ये ७ सय ८२ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ५२ हजार ४ सय ७४ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार तीन सय १७ रहेको छ । हालसम्म क्वारेन्टिनमा ४ सय २७ जना छन् भने ९ हजार ३ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा १७ सय ६५ पुगेको छ ।








प्रतिक्रिया