सोमबार, पुष ७, २०८२

कोभिड भ्याक्सिन निःशुल्क बाँड्छौ : अर्थमन्त्री पौडेल

नेपालखोज २०७७ पुष ३ गते १६:५१

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन आमनागरीकलाई निःशुल्क वितरणगर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड १९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुुन ।

‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन, हामी त्यो तयारीमा छौं’, अर्थमन्त्री पौडेलले भने । ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।’ उनले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिए ।

अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए ।

अर्थमन्त्री पौडेलले कोभिड १९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन सरकार लागि परेको बताए । ‘अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ’ उनले भने ।

प्रतिक्रिया