मंगलबार, पुष १, २०८२

काठमाडौंका यी स्थानको विद्युत सेवा आज पनि अवरुद्ध

नेपालखोज २०७७ पुष ४ गते ८:०४

काठमाडौं । आज पनि काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले बालाजु सबस्टेशनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकोले यस सबस्टेशनबाट वितरित क्षेत्रमा आज पनि विद्युत कटौती हुने जानकारी दिएको हो ।

आज मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म बालाजु औद्योगिक क्षेत्र १, बालाजु औद्योगिक क्षेत्र २, ढुंगेधारा, महाराजगञ्ज, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया