मंगलबार, पुष १, २०८२

गाडीको चाप व्यवस्थापन गर्न १४ सय ७४ ट्राफिक प्रहरी परिचालन

नेपालखोज २०७७ पुष ४ गते ९:४३

काठमाडौं । जोर-बिजोर प्रणाली हटेसँगै सडकमा गाडीको चाप बढेपछि थप ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

सरकारले स्वास्थ्य मापदण्डको पूर्ण पालनमा गरी गाडी चलाउन दिएपछि सडकमा जाम र भीडभाड बढेको छ । जोर(बिजोर हटेसँगै गाडीको चाप पुरानै अवस्थामा देखिएको र सबै जनशक्ति परिचालन गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा अहिले १४ सय ७४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । सबैजसो गाडी चल्न थालेपछि अनुगमन र कारबाहीको प्रक्रियालाई पनि बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए। गाडीको चाप बढेसँगै दुर्घटनामा समेत बढ्न सक्ने भएकाले सर्तकता बढाएको पनि एसएसपी भट्टराईले बताए।

प्रतिक्रिया