देउवालाई भेट्न बूढानीलकण्ठ पुगे जसपा नेताहरु
नेपालखोज
२०७७ पुष ४ गते १७:१३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
जसपाका नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सहितका नेताहरु बुढानिलकण्ठ पुगेका छन्।
काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटका लागि बाबुराम सहितको टोली शनिवार दिउसो बुढानिलकण्ठ पुगेको बताइएको छ।
स्रोतका अनुसार छलफलमा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत र जसपाबाट केन्द्रीयय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी रहेका छन।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने छ।
सम्बन्धित








प्रतिक्रिया