सोमबार, पुष ७, २०८२

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवासमा

नेपालखोज २०७७ पुष ४ गते १८:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न उनी शितल निवास पुगेको स्रोतले बतायो ।

‘उहाँहरूबीच छलफल जारी छ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवादलगायत विषयमा जानकारी गराउने उद्धेश्यले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् ।

यसअघि शनिबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी खुमलटार पुगेका थिए । त्यहाँ उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित थिए । प्रचण्डलाई भेटेर बाहिरिएलगत्तै उनी मन्त्रीहरूलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए ।

सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ ।

यसअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गरेर मात्र अध्यादेश फिर्ता लिने बताएका थिए ।

प्रतिक्रिया