बुधबार, पुष २, २०८२

अख्तियार प्रमुखमा प्रेमकुमार राईसँगै रिक्त संवैधानिक निकायका सबै पदमा सिफारिस

नेपालखोज २०७७ पुष ५ गते १५:२४

काठमाडौं । संवैधानिक आयोगहरुमा रिक्त रहेको ४५ पदमै मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । स्रोतकाअनुसार मंसिर ३० गते बसेको मनित्रपरिषद् बैठकले रिक्त सबै पदमा सिफारिस गरेको हो ।

उच्च स्रोतकाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे रिक्त पदमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ । उनलाई सिफारिस गरिएको पत्र संसद सचिवालयमा भने नआइसकेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए ।

सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको थियो । त्यसको भोलिपल्ट मंसिर ३० गते बसेको बैठकले रिक्त संवैधानिक निकायका पदहरुमा सिफारिस गरेको हो । कुन कुन संवैधानिक निकायमा क-कसलाई सिफारिस गरियो भन्नेबारे गोप्य राखिएको छ ।

अख्तियारको प्रमुख आयुक्त सिफारिस गरिएका पूर्व गृहसचिव राई प्रधानमन्त्री ओली निकट हुन् भने चन्द कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन । संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वत: नियुक्त हुने प्रावधान छ ।

राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद् बैठकमा ३ जना उपस्थित भएर २ जनाले सिफारिस गर्ने सक्ने प्रावधान राखिएको थियो । नेकपा स्थायी कमिटीले यो अध्यादेश फिर्ता लिने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका छैनन् ।

प्रतिक्रिया