बालुवाटारमा सांसदहरूसँग प्रधानमन्त्रीको छलफल सुरू
नेपालखोज
२०७७ पुष ६ गते ११:०५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका आफू निकट सांसदहरूसँग छलफल सुरू गरेका छन् ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा सांसदहरू बालुवाटार पुगिसकेका छन् । संसद् विघटन भइसकेपछिको पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न छलफल बोलाइएको हो ।
छलफलमा राष्ट्रियसभा सदस्यहरूलाई पनि बोलाइएको छ।
यसैबीच नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुनेछ ।
सम्बन्धित








प्रतिक्रिया