बुधबार, पुष २, २०८२

ओलीको कदमले पार्टी एकतालाई कुनै असर पर्दैन : प्रचण्ड

नेपालखोज २०७७ पुष ६ गते ११:३३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन अपील समेत गरेका छन् ।

दाहालले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री ओलीले चालेको कदम, प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भर्त्सना गर्दै पूर्ण रूपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको विषय सार्वजनिक भइसकेको छ।’

दाहालले पार्टीका सबै नेता, कार्यकर्ता, पार्टी पङ्क्तिलाई पार्टी एकतावद्ध रहेको कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर नपर्ने जनाएका छन् ।

प्रतिक्रिया