मोटरसाईकल चोरी गर्ने दुई व्यक्ति पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने वर्ष २६ को छेसाङ्ग लामा र २३ वर्षका शिल बहादुर तामाङलाई चोरी गरेको बा ९९ प ७७३१ नम्वरको सेतो रंगको केटि एम डुक मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
त्रिपुरेश्वार स्थित अटो क्लिनिक मोटरसाईकल वर्कशपमा बनाई रहेको उक्त मोटरसाईकललाई शंकास्पद लागि अनुसन्धान गर्दा चोरी भएको खुल्न आएको हो । उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२–००६ प २४९५ रहेको छ । काठमाण्डौ अत्तरखेलबाट हराएको भनि जिल्ला खोटाङ ऐसेलुखर्क वडा नं. ६ बस्ने सोम कुमार राईले हुलिया सहितको निवेदन यस महाशाखामा दिएका थिए ।
दुवैजनालाई मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया