आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
नेपालखोज
२०७७ पुष ६ गते १६:४२

वीरगञ्ज । बाराको कलैयामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-३ गंगापुर बस्ने ७५ वर्षीया रामसवारी देवी कानुको मृत्यु भएको हो ।
चिसोबाट जोगिनका लागि बालिएको आगोमा अचानक लड्न पुग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया