बुधबार, पुष २, २०८२

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

नेपालखोज २०७७ पुष ७ गते १२:४६

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित अनुदान चोकबाट नगद १ हजार रुपैयाँ दिँई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा सानोठिमी बस्ने काभ्रे बनेपा नगरपालिका १४ घर भएका ४० वर्षीय गणेश थापालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.१९ च १६७८ नम्बरको कार जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको फेला पारी नियन्त्रणमा लिने क्रममा गणेशले उक्त रकम दिन खोजेपछि प्रहरीले सो रकम र कार सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया