बुधबार, पुष २, २०८२

संसद् विघटनको विरुद्धमा परेका रिटको संवैधानिक इजलासमा बहस हुने

नेपालखोज २०७७ पुष ८ गते १४:०१

काठमाण्डौ । संसद् विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका १२ वटा रिटको सुनुवाइ संवैधानिक इजलासबाट हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलासले संसद् विघटनविरुद्ध परेका रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो ।

आउँदो शुक्रबार गठन हुने संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित चार जना न्यायाधीश रहने छन् । बुधबार रिटमाथि भएका केही बहसपछि राणाले यी रिटमाथि गम्भीर संवैधानिक सुनुवाइ गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा नै पठाउने निर्णय गरेका हुन् ।

संसद् विघटनविरुद्ध परेका १२ वटा रिटलाई प्रारम्भिक सुनुवाइको लागि बुधबार बिहान प्रधानन्यायाधीश जबराको इजलास तोकिएको थियो ।

रिट निवेदनमा अन्तरिम आदेशको माग भए पनि प्रधानन्यायाधीश जबराले अन्तरिम आदेश दिन अस्वीकार गर्दै संवैधानिक इजलासले यसको टुङ्गो लगाउने बताएका थिए ।

प्रतिक्रिया