नबिल बैंक र डोटीको सायल गाउँपालिका तथा बैतडीको पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पुर्याउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखामार्फत स्थानिय निकायसँग समन्वय गरी साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पुर्याउनको लागि स्थानिय निकायसँग सम्झौता गरेको छ ।
सोही उदेश्य अनुरुप यही पुस पाँच गते सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेल र यही पुस छ गते पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दविच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती थिए ।
उक्त कार्यक्रम माथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानियको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे । गाउँपालिकाका अध्यक्षद्वय तेजबहादुर डुम्रेल र गोरखबहादुर चन्दले बैंक र गाउँपालिकाबिच सम्झौता प्रशंसा योग्य रहेको धारणा व्यक्त गरेका छन् ।
सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गरे ।
बैकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिलरेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवाप्रदान गरेर आफ्ना सबै स्टेक होल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।








प्रतिक्रिया