बुधबार, पुष २, २०८२

राष्ट्रिय सहकारी बैंकको प्रशासनिक शुल्कमा गिरावट

नेपालखोज २०७७ पुष ९ गते १३:०७

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज घटाएर न्यूनतम सात दशमलव पाँच प्रशित कायम गरेको छ ।

गत भदौमा सिंगल डिजिटको कर्जा बनाएको बैंकले पुस १० गतेदेखि लागु हुने गरी नयाँ चार वटा कर्जाका प्रकार तयार गरी त्यसको ब्याजन्यूनमत सात दशमलव पाँच प्रतिशत कायम गरेको हो । कर्जाका नयाँ प्रकार सवल सहकारी कर्जा, गरिवी निवारण कर्जा, अल्पकालिन व्यवसायिक कर्जा र व्यवसायिक किस्ताबन्दी कर्जा कायम गरी सात दशमलवव पाँच देखि देखि नौ दशमलव पाँच सम्म कायम गरिएको छ ।

बैंकको बुधवार सम्पन्न सञ्चालक समितिको वैठकले कर्जाको ब्याजदर कम गर्नुका साथै ब्यवस्थापन शुल्कमा समेत परिमार्जन गरेको छ । चालु पुँजी कर्जामा शुन्य दशमलव ७५ र अन्य कर्जामा शुन्य दशमलव पाँच प्रतिशत लिदै आएको बैंकले सबै कर्जामा ब्यवस्थापन शुल्क शुन्य दशमलव पाँच कायम गरेको छ ।

बैंकले कर्जाको ब्याजदर घटाए पनि बचतको ब्याजदर भने घटाएको छैन । सहकारी क्षेत्रको कुनै पनि संघ संस्थाले ब्याजको कारण कर्जाको लागि अन्य निकायमा जानु पर्ने अवस्था हटाउने र संरक्षित पुँजी फिर्ता कोषको फाइदा र महत्व अनूभूति समेत गराउन बैंक प्रयासरत रहेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।

वित्तीय सेवाका साथै सहकारी संस्थाहरुलाई आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा सहकारी बैक मार्फत प्रदान गर्न पूर्वाधार तयारी, कार्यविधि निर्माण र प्रयोगात्मक परिक्षण भई रहेकोले सम्पूर्ण सहकारीहरुलाई कुनै पनि समस्या परेमा नजिकको शाखामा सम्पर्क राख्न सकिने समेत अध्यक्ष उप्रेतीले बताए ।

बैंकले गत आर्थिक वर्षको कारोबारबाट सदस्य संस्थाहरुलाई १५ प्रतिशत मुनाफा वितरण गरेको र कारोबारका आधारमा संरक्षित पूँजिफिर्ताकोषबाट सदस्य संस्थाहरुलाई १२ करोड ७० लाख भन्दा बढी रकम भुक्तान गर्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिएका छन् ।

प्रतिक्रिया