संसद् बैठक बोलाउन जसपाको आग्रह
नेपालखोज
२०७७ पुष ९ गते १३:३६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभा बैठक आह्वान गर्न आग्रह गरेका छन् ।
बिहिबार सभामुख सापकोटालाई सिंहदबारस्थित उनकै कार्यकक्षमा भेट गर्दै जसपाले यस्तो आग्रह गरेको हो । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित जसपाले बैठक आह्वान गर्न आग्रह गरेको छ ।
नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण सभामुखलाई भेट्न सिंहदरबार पुगेका थिए ।
सम्बन्धित








प्रतिक्रिया