बुधबार, पुष २, २०८२

नेकपा एकताकै पक्षमा छु : चिनियाँ राजदूत यान्छी

नेपालखोज २०७७ पुष ९ गते १३:४५

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफूहरु नेकपा एकताकै पक्षमा रहेको बताएकी छन् ।

चिनियाँ राजदूत यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनकै निवास खुमलटार पुगेर भेटवार्ता गरेकी छन् । भेटमा यान्छीले आफूहरु पार्टी एकता कायमै रहोस् भन्ने पक्षमा रहेको बताउँदै सम्भव भएसम्म अझै पनि पार्टी एकता जोगाएर जान सुझाव दिएकी छन् ।

नेकपा विवाद विभाजनतर्फ उन्मुख हुँदा राजदूत यान्छीले सक्रियता बढाएकी छन् । दुई दिनअघि मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया