बुधबार, पुष २, २०८२

राजदूत खतिवडाले लिए पद तथा गोपनीयताको शपथ

नेपालखोज २०७७ पुष ९ गते १६:२५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

त्यस्तै राष्ट्रपति भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले आयोगको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया