बुधबार, पुष २, २०८२

ओलीद्वारा प्रचण्डलाई कार्यकारी अध्यक्षबाट बर्खास्त

नेपालखोज २०७७ पुष ९ गते १९:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट बर्खास्त गरेको छ ।

बालुवाराटमा बिहीबार बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको हो । कार्यकारी अध्यक्षबाट हटाएपनि अध्यक्षबाट भने प्रचण्डलाई हटाइएको छैन । नेकपाको विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डलाई कारबाही गरिएको ओली समूहले जनाएको छ ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अध्यक्ष ओलीलाई नेकपाको अध्यक्षबाट हटाउँदै नेपाललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको थियो भने ओली समूहले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

यस्तै, बैठकले प्रचण्ड कार्यकारी अध्यक्ष नभएको र अध्यक्ष ओलीको मात्र हस्ताक्षर चल्ने गरी निर्णय पनि गरेको छ ।

प्रतिक्रिया