बुधबार, पुष २, २०८२

नक्कली परीक्षार्थी बनेर ईपिएसको परीक्षा पास गराउने तामाङ पक्राउ

नेपालखोज २०७७ पुष ९ गते १९:५६

काठमाडौं । नक्कली परीक्षार्थी बनेर ईपिएसको परीक्षा पास गराउने व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनकाअनुसार नक्कली परिक्षार्थी बनेर कोरियाली भाषा परिक्षा पास गराउने रामेछापको खाँडादेवी घर भई हाल काभे्रको पनौती बस्दै आएका २९ बर्षिय रोजबहादुर तामाङ बिहिबार पक्राउ परेका हुुन् ।

महाशाखाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक ईश्वर कार्कीकाअनुसार तामाङ समेतले कोरियन भाषाको ईपिएस परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म लिई आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिई परीक्षा पास गराई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको सुचना महाशाखामा आएको थियो ।

सो पश्चात प्रहरीले खोजी कार्य जारी राखेकोमा बिहिबार भक्तपुरको सुर्यविनायक न.पा.१०, चितापोलबाट तामाङलाई पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त जगातीमा पठाईएको प्रवक्ता कार्कीले बताएका छन् ।

प्रतिक्रिया