चिनियाँ राजदूत यान्छी र माधव नेपालबीच भेटवार्ता
नेपालखोज
२०७७ पुष १० गते १७:३५

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले नेकपा प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छन् ।
प्रतिनिधि सभा विघटन र नेकपा विभाजनपछि राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेकी यान्छीले कोटेश्वर पुगेर नेपालसँग पनि भेटेकी हुन् ।
भेटमा नेपालको पछिल्लो राजनीतिक घटना क्रम तथा दुई देशबीचको आपसी सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । यसअघि यान्छीले पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि भेटेकी थिइन् ।
सम्बन्धित








प्रतिक्रिया