बिहीबार, पुष ३, २०८२

मन्त्रिपरिषद् बिस्तार, प्रचण्डको साथ छाड्दा तीन नेतालाई चिठ्ठा, मन्त्रीको सपथ आजै

नेपालखोज २०७७ पुष १० गते १८:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । ओलीले आज थप ६ जनालाई मन्त्री पदको जिम्मेवारी दिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए ।

नवनियुक्त मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, दावा लामा, गौरिशंकर चौधरी रहेका छन् । पूर्व एमाले तर्फबाट अर्को एकजना पनि मन्त्री बन्दैछन् ।

प्रभु साह, मणि थापा र टोपबहादुर रायमाझी पूर्व माओवादी समूहका हुन् । उनीहरु नेकपा विभाजनका बेला प्रचण्डलाई छाडेर ओली समूहमा गएका थिए । माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाएकोमा साह असन्तुष्ट रहँदै आएका थिए । नेपाल र साह दुवै रौतहटका हुन् ।

नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाउने तयारी भइरहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि ओली क्याबिनेटबाट प्रचण्ड नेपाल पक्षका ६ मन्त्रीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया