बिहीबार, पुष ३, २०८२

बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु, ट्राफिक प्रहरी घाइते

नेपालखोज २०७७ पुष ११ गते ९:०४

काठमाडौं । बल्खुमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । प्रहरी जवान घाइते भएका छन् । गएराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भ्यानको ठक्करबाट पैदलयात्री काठमाण्डौको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आलेमगरको उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । बा १६ च २९१५ नम्बरको भ्यानले ट्राफिक जाँचमा रहेका ट्राफिक जवानलाई ठक्कर दिएर भाग्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिन पुगेको थियो ।

भ्यानको ठक्करबाट बल्खुमा कार्यरत प्रहरी जवान २३ वर्षका मानबहादुर साउँद घाइते भएका छन् । उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ । फरार भ्यान चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया