गुल्मीले पायो पहिलो पटक महिला सीडीओ

गुल्मी । गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे) आएकी छन् । जिल्लामा सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् । ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा ३९औं प्रमुख जिल्ला अधिकारी भएकी हुन् ।
यसअघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि शर्माको गुल्मी सरुवा भएको हो । जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको ५० वर्षे इतिहासमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे) पाएको हो । २०२७ सालदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओे) रहेको इतिहासमै महिला भने आएका थिएनन् ।
कार्यभार सम्हालेपछि सीडीओ शर्माले जिल्लास्थित विभिन्न क्रियाशील राजनैतिक दल, पत्रकार, संघसंस्थाहरुका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम र जिल्लाको वस्तुस्थितिको बारेमा समेत जानकारी लिएकी छन् ।








प्रतिक्रिया