उखु किसान आन्दोलनको दुई हप्ता : भएन माग पूरा

काठमाडौं । उखु किसानले काठमाण्डौको माइतीघर मण्डलामा थालेको आन्दोलनको आज दुई हप्ता पुगेको छ । सरकारले बक्यौता भुक्तानीको ग्यारेन्टी नगरेसम्म आन्दोलन नरोकिने उखु किसानहरुले बताएका छन् ।
भुक्तानीको ग्यारेन्टी सरकारले लिनुपर्ने बताउँदै आन्दोलनबाट पछि नहट्ने उनीहरुको अडान छ । सर्लाही, रौतहटलगायतका जिल्लाबाट आएका उखु किसानले गएको मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका थिए ।
सरकारले एक हप्ताको समय दिए पनि भुक्तानीको ग्यारेन्टी नभएकाले आन्दोलनलाई निरन्तरता दिनु परेको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले बताए । सरकारले पटक–पटक सम्झौता गरेर किसानलाई झुक्याइएकाले पूरै भुक्तानी नपाउँदासम्म यो आन्दोलन नरोकिने उनीहरुको अडान छ ।
उद्योगीहरुले किसानको बक्यौता भुक्तानी कति गरेको हो भन्ने अहिलेसम्म स्पष्ट नभएको भन्दै मिश्रले उद्योगीहरुले दिएको भुक्तानीको विवरण सार्वजनिक गर्नुपर्ने पनि माग गर्नुभयो । सरकारले आफूहरुलाई दिएको समयसम्म पर्खने तर, त्यो समयसम्म भुक्तानी अनिवार्य दिनुपर्ने उखु किसानको अडान छ ।








प्रतिक्रिया