शनिबार थपिए ५०० जना कोरोना संक्रमित, ३ जनाको मृत्यु
नेपालखोज
२०७७ पुष ११ गते १७:०५
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ ।
गत २४ घण्टामा ५ हजार ४ सय ३४ पीसीआर परीक्षण भएको छ । हाल देशभर ६ हजार ७ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन् ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १९ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया