अन्तर्राष्ट्रिय विमानस्थलबाट पहेँलो धातु र आठ लाखसहित दुई व्यक्ति पक्राउ
नेपालखोज
२०७७ पुष १२ गते १३:०५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ् स्थलबाट करिब एक सय ग्राम सुन जस्तो देखिने पहेँलो धातुको दुई थान बाला र नगद ८ लाख ७७ हजार रुपैयाँ सहित दुई व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ४ घर भएका ४० वर्षीय प्रल्हाद थापा र काठमाडौं कीर्तिपुर बस्ने धादिङ ज्वालामुखी गाउँपालिका ३ घर भएका ४२ वर्षीय अर्जुन प्रसाद थपलिया रहेका छन् । उक्त स्थानमा जाँच गर्ने क्रममा शनिवार भन्सार छलि ल्याउन लागेको उक्त धातुसमेत फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित








प्रतिक्रिया