शुक्रबार, पुष ४, २०८२

दाङमा जीपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

नेपालखोज २०७७ पुष १४ गते ८:४९

दाङ । दाङको देउखुरीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ । लमही नगरपालिका ५ नर्तीमा लु २ च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको ज्यान गएको प्रहरी कार्यालय दाङले जनाएको छ ।

जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो ।

प्रतिक्रिया