शुक्रबार, पुष ४, २०८२

प्रचण्ड-नेपाल समूहले देशैभर प्रदर्शन गर्दै, काठमाडौंका १३ ठाउँबाट जुलुस

नेपालखोज २०७७ पुष १४ गते १२:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (मंगलबार) देशैभर प्रदर्शन, जुलुसको आयोजना गरेको छ ।

काठमाडौं उपत्यकामा १३ स्थानबाट जुलुस निकालिएको छ। जुलुसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गरेका छन् । टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपन्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लीलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा न्युरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रि(चन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरल, वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गबाट गणेश शाहको नेतृवमा जुलुस निकालिएको हो ।

नेकपाले आजको प्रदर्शनमा काठमाडौंमा मात्रै एक लाख मानिस उतार्ने तयारी गरेको वरिष्ठ नेता झलनाथ खनालले यसअघि नै बताइसकेका छन् ।

आजको प्रदर्शनका लागि उपत्यकाका आसपासका जिल्लाहरूमा गरिने प्रदर्शन पनि काठमाडौं नै केन्द्रित गरिएको छ ।

पूर्वसिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरको जुलुस बानेश्वरबाट निस्कनेछ । मकवानपुर, चितवन, धादिङको जुलुस टेकुमा मिसिनेछ । नुवाकोट, रसुवाका लागि लैनचौर तय गरिएको छ । ललितपुरको जुलुस कुपन्डोलबाट सुरु भएर भृकुटीमण्डप आइपुग्ने नेकपाले जनाएको छ ।

भृकुटीमण्डपमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया