शुक्रबार, पुष ४, २०८२

निरंकुश केपी ओलीको आयु पुग्यो : माधव नेपाल

नेपालखोज २०७७ पुष १४ गते १५:२८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले निरंकुश केपी ओलीको आयु पुगेको बताएका छन् । ओलीविरुद्ध संघर्षमा आउँदा आफूले पञ्चायतविरुद्धको संघर्ष सम्झिएको नेता नेपालले बताए ।

प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित विरोध सभामा बोल्दै अध्यक्ष नेपालले ओलीले एकपछि अर्को प्रतिगमनकारी कदम चालेको आरोप लगाए।

ओलीले संसद विघटन गर्न पार्टीमा केही सहमति नलिएको उनले बताए । ‘पार्टीमा बसेर स्वच्छाचारी रुपमा काम गर्न पाइन्छ ? पार्टी भनेको के हो ? अनुशासन भनेको के हो ? केपी ओलीलाई पार्टीसँग, अनुसानसँग मतलब छैन, व्यक्तिवाद, फुटवाद हावी भएको छ,’ नेपालले भने, ‘ओलीसँग कम्युनिष्टमा हुनुपर्ने गुण छैनन्, लोकतन्त्रवादीमा हुनुपर्ने आचारण पनि छैन त्यही भएर उहाँको कदमलाई अस्वीकार गर्नुबाहेक अरु विकल्प थिएन ।’

प्रतिक्रिया