शनिबार, वैशाख १३, २०८२

लागुऔषधसहित सासू–बुहारी पक्राउ

नेपालखोज २०७७ पुष १४ गते १५:३८

वीरेन्द्रनगर । ८ इत्राम खोला नजिकैबाट सासू-बुहारीलाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा २४ वर्षीय शान्ति सिंहको कोठामा खानतलास गर्दा ५ ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै, उनकै सासू कोपिला सिंहको कोठामा खानतलासी गर्दा ९ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।

कुल १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित उनीहरूलाई सोमबार राति १० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै, शान्ति सिंहको साथमा रहेको २१ हजार ५०० रुपैयाँ नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

उनीहरूमाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया