हृदयघातले आन्दोलनरत् एक उखु किसानको मृत्यु
काठमाडौं । सरकारसँग सोमबार भएको सहमतिप्रति असन्तुष्ट रहेका एक उखु किसान नारायण यादवको हृदयघातका कारण मृत्यु भएको छ ।
सर्लाहीका किसान यादवको गंगालाल मुटु अस्पतालमा आज विहान करिब १० बजे मृत्यु भएको हो ।
उनका छिमेकी गाउँका जनता समाजवादी पार्टीको विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले यादवको हृदयघातका कारण मृत्यु भएको बताए ।
‘हिजो राति नै मलाई गाह्रो भयो भन्नुभयो । सुरुमा उहाँलाई हेल्दी होममा लग्यौं । त्यहाँबाट रिफर भएर गंगालाल अस्पतालमा भर्ना गरिएको थियो,’ मिश्रले नेपालखबरसंग भने ‘करिब ६३ वर्षको उहाँ कृष्ण प्रणामी मन्दिर गोठाटारमा बस्दै आउनु भएको थियो । विहान साढे नौ १० बजेतिर उहाँको निधन भयो ।’
मिश्रका अनुसार यादव सरकारसँगको सहमतिपछि पनि असन्तुष्ट थिए ।
वर्षौदेखी बिक्रि गरेको उखुको पैसा नपाएपछि उनी काठमाडौंमा आएर धर्ना तथा आन्दोलनमा सहभागी थिए ।
यादवले अन्नपूर्ण सुगरमिलबाट करिब २५ लाख बक्यौता लिन बाँकी थियो। जसमध्ये उनले १ लाख ६० हजार रुपैयाँ मात्र पाएका छन् ।
प्रतिक्रिया