प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै
नेपालखोज
२०७७ पुष १५ गते ८:५८
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने भएकाे छ ।

आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बस्ने भनिएकाे बैठकमा सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गरिने बताइएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएकाे संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरिरहेकाे छ । प्रचण्ड–माधव समूहले हरेक दिन आन्दोलनका कुनै न कुनै कार्यक्रम जारी राख्ने निर्णय यसअघि नै गरेको थियो । आन्दोलनको क्रममा नेपाल बन्दसम्म गर्नसक्ने उसले यसअघि नै बताइसकेको छ ।
प्रचण्ड–माधव समूहले आन्दोलन परिचालन गर्न नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा समिति नै गठन गरेको छ ।
सम्बन्धित








प्रतिक्रिया