शुक्रबार, पुष ४, २०८२

राप्रपाले शुक्रबार काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

नेपालखोज २०७७ पुष १५ गते १४:४७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पर्सि शुक्रबार काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ ।

पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पर्सि बिहान ११ बजे भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले देशको वर्तमान स्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्नका लागि प्रदर्शन गर्न लागिएको बताए ।

अर्का अध्यक्ष कमल थापाले पनि भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन र सर्वसत्तावादको बिरुद्धमा भृकुटीमण्डप आउन आग्रह गरेका छन् । त्यसैगरी हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको अभियानमा सहभागी हुन उनको आग्रह छ । राप्रपाले पछिल्लो समय राजसंस्था र हिन्दुराष्टको पक्षमा प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया