मंगलबार, वैशाख १६, २०८२

आर्मीले पायो एएफसीको क्लब लाइसेन्सिङको प्रमाणपत्र

नेपालखोज २०७७ पुष १५ गते १४:५४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीको क्लब लाइसेन्सिङको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच एन्फाले आर्मीलाई लाइसेन्सिङको प्रमाणपत्र हस्तान्तर गरेको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रधानसेनापति उपस्थित भएर एएफसीको क्लब लाइसेन्सको प्रमाणपत्र बुझेका हुन् । आवश्यक मापदण्ड पूरा गरेपछि आर्मीले एएफसीको लाइसेन्स पाएको हो । आर्मी एएफसीको लाइसेन्स पाउने नेपालको पहिलो क्लब बनेको छ ।

लाइसेन्स नहुँदा गत वर्षको लिग विजेता मच्छिन्द्र एएफसीको प्रतियोगिता खेल्नबाट वञ्चित बनेको छ । मच्छिन्द्रको अनुपस्थितिमा साविक उपविजेता आर्मीले अब एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

प्रतिक्रिया