शुक्रबार, पुष ४, २०८२

पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु, ५ सय ११ जनामा काेराेना संक्रमण

नेपालखोज २०७७ पुष १५ गते १६:४६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर पाँच हजार एक सय १० जनाको पीसीआर पक्षण गर्दा थप ५ सय ११ जनाको नतिजा पोजेटिभ आएको हो ।

आज थप ५ सय ११ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या दुई लाख ६० हजार ५९ जना पुगेको छ । हाल देशभर क्‍वारेन्टिनमा ३६२ जना छन् भने ६ हजार तीन सयजना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पपछिल्लो २४ घण्टामा थप ६ सय संक्रमित उपचार पछि निको भएका छन् । योसँगै देशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ५१ हजार नौ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण नेपालमा थप सात जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार आठ सय ४७ पुगेको छ ।

प्रतिक्रिया