प्रधानमन्त्री ओलीद्वारा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना
नेपालखोज
२०७७ पुष १५ गते २०:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेर उनकी पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् ।
सीता दाहालको स्वास्थ्यमा अचानक समस्या आएपछि बुधबार उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङ दाहालको स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीको स्वास्थ्य सन्देश प्रचण्डलाई सुनाएका थिए ।
सम्बन्धित








प्रतिक्रिया