बैंकहरुलाई खाता रोक्का गर्न दाहाल-नेपाल समूहको पत्र
नेपालखोज
२०७७ पुष १५ गते २१:०४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बैंक खाता रोक्का राख्न आग्रह गर्दै पत्राचार गरेको छ ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपाको खाता रहेका बैंकहरुमा अर्को निर्णय नभएसम्मका लागि खाता रोक्का राखिदिन आग्रह गर्दै पत्राचार गरेको एक बैंकका सीईओले जानकारी दिए ।
उनका अनुसार नेकपा कार्यालयबाट पठाइएको इमेलमार्फत यस्तो आग्रह गरिएका छ । नेकपा (ओली समूह) ले एकलौटीरुपमा बैंकको खातामा रहेको रकम निकाल्न सक्ने भन्दै नेकपाका अध्यक्षद्वय दाहाल र नेपालले यस्तो आग्रह गरेको बताइएको छ ।
सम्बन्धित








प्रतिक्रिया